― Advertisement ―

के तपाईं मास्टर्स 2026 नि:शुल्क हेर्न सक्नुहुन्छ? कसरी फाइनल राउन्ड बिना लागत स्ट्रिम गर्ने

The Masters 2026 आज रोरी McIlroy ले क्यामरन यंगसँग लिडरबोर्डमा शीर्ष स्थानमा रहेको निष्कर्षमा पुग्छ। आठ खेलाडीहरू मात्र चार शटहरूद्वारा छुट्याएर यो एकदमै कडा...
HomeLatest newsप्रधानमन्त्रीलाई बुझाउँदै सम्झौताको ड्राफ्ट – KhabarHost

प्रधानमन्त्रीलाई बुझाउँदै सम्झौताको ड्राफ्ट – KhabarHost


फाइल तस्वीर


राष्ट्रिय

समाचार.

  • भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्न तीन जेनजी समूहले साझा सम्झौताको ड्राफ्ट तयार पारेका छन्।
  • जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले साझा प्रस्ताव तयार पारेका हुन्।
  • तीन बजे प्रधानमन्त्रीलाई म्यान्डेट बुझाइने र सरकार पक्षले काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुने छ।

२८ कात्तिक,काठमाडौं। भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्ने विषयमा जेनजीहरू एक हुने भएका छन् ।

यसअघि फरकफरक समूहमा रहेर आआफ्नो मागपत्र बुझाएका जेनजी समूहले एक भएर सम्झौताको ड्राफ्ट तयार गरेका छन् ।

जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले साझा प्रस्ताव तयार गरेका हुन् ।

‘हामीले लामो छलफलपछि साझा ड्राफ्ट तयार गर्यौँ । आज प्रधानमन्त्रीलाई त्यो म्यान्डेट बुझाउँदै छौँ,’ एक जेनजी अगुवाले भने, ‘अब यसमा सरकार पक्षले पनि केही काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुन्छ । यसले हाम्रो आन्दोलनलाई वैधानिकता दिन्छ ।’

यसअघि जेनजी मुभमेन्ट अलायन्स र जेनजी फ्रन्टले छुट्टाछुट्टै प्रस्ताव प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More