― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsपदमुक्त भएका मधेशका ५ सांसदले मागे बैठकमा उपस्थित हाजिरी रेकर्ड

पदमुक्त भएका मधेशका ५ सांसदले मागे बैठकमा उपस्थित हाजिरी रेकर्ड



२८ कात्तिक, जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् ।

प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसदहरू सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गरेका थिए ।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको जनाएका थिए ।

यसरी पदमुक्त गरिनेमा नागरिक उनमुक्ति पार्टीकी सांसद सिंह, यादव, जसपाका सांसद मनिषकुमार सुमन, सप्तरी, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार थिए ।

सभामुख मण्डलले कारबाही गरेको सूचना बाहिरिएसँगै उपसभामुख बबिताकुमारी राउत ईशरले त्यसको प्रतिवाद गर्दै कारबाही बदर भएको सूचना निकालेकी थिइन् ।





Read More