राष्ट्रिय
समाचार.
- नेपाल सुनचाँदी व्यवसायी महासंघले २८ कात्तिकका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको २ लाख ५० हजार २ सय रुपैयाँबाट ५ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले घटेर ३ हजार २८५ रुपैयाँ पुगेको महासंघले बताएको छ।
२८ कात्तिक, काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

