― Advertisement ―

के तपाईं मास्टर्स 2026 नि:शुल्क हेर्न सक्नुहुन्छ? कसरी फाइनल राउन्ड बिना लागत स्ट्रिम गर्ने

The Masters 2026 आज रोरी McIlroy ले क्यामरन यंगसँग लिडरबोर्डमा शीर्ष स्थानमा रहेको निष्कर्षमा पुग्छ। आठ खेलाडीहरू मात्र चार शटहरूद्वारा छुट्याएर यो एकदमै कडा...
HomeLatest newsजिमी नीशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने – KhabarHost

जिमी नीशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमले पोखरा एभेन्जर्सबाट एनपीएलको दोस्रो सिजनमा खेल्ने भएका छन् ।
  • निसमले पहिलो सिजन च्याम्पियन बनेको जनकपुर बोल्ट्सबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
  • पोखराले निसमलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ र उनी टेष्ट राष्ट्रबाट अनुबन्ध हुने ठूला नाममध्ये पर्छन् ।

काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो सिजनको लागि निसमलाई अनुबन्ध गरेको जनाएको छ ।

पोखराले शुक्रबार बिहानै चौथो विदेशी खेलाडीको रुपमा निसमलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

पहिलो सिजनमा च्याम्पियन बनेको जनकपुर बोल्ट्सबाट खेलेका निशमले दोस्रो सिजन अर्को फ्रेन्चाइजबाट खेल्ने भएका हुन् ।

उनले जनकपुर बोल्ट्सलाई पहिलो सिजनको उपाधि दिलाउन ब्याट र बल दुवैमा अलराउण्ड प्रदर्शन गरेका थिए ।

३५ वर्षीय अलराउण्डर निसम टेष्ट राष्ट्रबाट अनुबन्ध हुने ठूला नाममध्येमा पर्छन् । यस्तै एनपीएल २०२५ का लागि अनुबन्ध हुने उनी न्युजिल्याण्डका तेस्रो खेलाडी हुन् । यसअघि विराटनगर किंग्सले मार्टिन गप्टिल र सुदूरपश्चिम रोएल्सले स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेको छ । तीनै खेलाडी लगातार दोस्रो सिजन एनपीएल खेल्न आउँदैछन् । त्यसमा गप्टिल र कुगेलेइन पहिलो सिजनकै क्लबमा निरन्तरता पाउदा निशम फरक टिममा पुगेका हुन् ।

केही दिनअघि निशमले एक भिडियो सार्वजनिक गर्दै आफूले यस सिजन जनकपुर बोल्ट्सबाट खेल्न नपाउने बताएका थिए ।

निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ९३ टी-२० आई खेलेका छन् ।

उनले टी२०आईमा १४९.६२ को स्ट्रारेटमा १ हजार १० रन बनाएका छन् । जसमा उनको व्यक्तिगत उच्च स्कोर अविजित ४८ रन हो । यस्तै बलिङमा टी२०आईमा ५६ विकेट लिएका छन् । जसमा उनको उत्कृष्ट प्रदर्शन ५/२२ रहेको छ ।

विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)देखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ । उनले आईपीएलमा दिल्ली, पञ्जाव, मुम्बई र राजस्थानबाट खेलेका छन् भने ६ फरक टिमबाट इंग्ल्याण्डको भाइटालिटी ब्लास्ट खेलेको अनुभव छ ।

यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग,  पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, एसए२०, हन्ड्रेड क्रिकेट लगायत खेलेका छन् ।

उनले सबैखाले टी२० मा गरी ३१९ खेलमा ४ हजार ४९६ रन बनाएका छन् भने २६९ विकेट लिएका छन् ।

सन् २०१९ को वानडे विश्वकप र २०२१ को टी२० विश्वकपमा न्युजिल्याण्ड उपविजेता बन्दा निशम टिमको सदस्य थिए । यस्तै निशमले २०२४ मा अमेरिका र वेष्टइन्डिजमा भएको टी२० विश्वकप पनि खेलेका थिए ।

टी२० विश्वकप पछि उनले यसै वर्ष मार्चमा टी२० टिममा पुनरागमन गरेका थिए । त्यसपछि ब्याटिङमा खासै अवसर बनाएपनि उनले बलिङमा गज्जब गरेका छन् । पाकिस्तान विरुद्ध मार्चमा उनले एकै खेलमा ५ विकेट लिएका थिए ।

उनले पछिल्लो पटक यही नोभेम्बरमा १३ मा वेष्ट इन्डिज विरुद्ध घरेलु मैदानमा खेलेका थिए । जसमा उनले २ विकेट लिएका थिए ।

निसमको आगमनपछि पोखरा एभेन्जर्सको टिम उत्साहित बनेको छ । उनको आगमनले ब्याटिङ र बलिङ दुवैमा फाइदा पुग्ने पोखरा एभेन्जर्सको विश्वास छ ।

कुशल भुर्तेल मार्की रहेको पोखराले यसअघि नै मिडियम पेस बलिङ अलराउण्डर रेमन रेइपर र डान डौथवेइटलाई अनुबन्ध गरिसकेको छ । यस्तै इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङ्गटनलाई पनि अनुबन्ध गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More