― Advertisement ―

युक्रेनले पुन: प्रयोज्य विमानको साथ रुसी क्षेत्र भित्र १०० किलोग्राम बम बोक्न सक्षम गोप्य होरिनिच बमवर्षक ड्रोन स्क्वाड्रन खुलासा गर्‍यो

Ukraine बाट सिभिल बम बनाइएको हो। विमानगुप्त ड्रोन स्क्वाड्रनले युक्रेनको लामो दूरीको स्ट्राइक क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्दछपरिमार्जित अल्ट्रालाइट विमानले अब लडाईमा पूर्ण आकारको...
HomeLatest newsपाल्पामा घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु – KhabarHost

पाल्पामा घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु – KhabarHost



२८ कात्तिक, पाल्पा । पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५ का ६३ वर्षीय टुकबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।

बिहीबार गल्धास्थित बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको छ ।

नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप खस्दा च्यापिएर घाइते भएका सोमैको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर भत्काउँदा घरको टपसँगै खसेका सोमैलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगेका थिए । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More