― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक भएको छ।

सुनिता भण्डारीको लगानीमा बनेको यो सर्ट फिल्ममा हिँडेर अमेरिका जानेहरूको कथा समेटिएको छ। १३ मिनेट ५८ सेकेन्डको सर्ट फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन्। अमेरिकामा बस्दै आएका कलाकार सुभाष थापाले पनि यस फिल्ममा अभिनय गरेका छन्। उनीहरूसँगै नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले पनि यस छोटो फिल्ममा अभिनय गरेका छन्। 

केही नेपाली फिल्ममा अभिनय गरेका कलाकार हसन राजा खानलाई केन्द्रमा राखेर यो छोटो फिल्म बनाइएको हो। यस फिल्मले हिँडेरै अमेरिका जाने नेपालीहरूको कथा र अमेरिका पुगेपछि उनीहरूले भोगेको जीवनशैलीलाई मुख्य विषय बनाएको छ। 

रामेश्वर कार्कीले यो फिल्म खिचेका हुन्। ‘वन इन अ मिलियन’ ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५’ र ‘फिल्ममेकर सिजन भोल्युम ११–२०२५’ मा छनोट भइसकेको छ।

यो छोटो फिल्ममा कुनै संवाद छैन, तर कथाले भन्न खोजेको कुरा दृश्य र कलाकारहरूको अभिनयबाट बुझ्न सकिन्छ।

Laxmi bank
Laxmi bank





Read More