― Advertisement ―

HomeLatest news‘हरि हजुरबा’ लिएर बर्दिया पुगे विजय बराल, नाजिर हुसेन

‘हरि हजुरबा’ लिएर बर्दिया पुगे विजय बराल, नाजिर हुसेन


राष्ट्रिय

समाचार.

  • अभिनेता विजय बराल र नाजिर हुसेनले नाटक ‘हरि हजुरबा’ लिएर बर्दियामा मोफसल टूरमा निस्किएका छन्।
  • ‘हरि हजुरबा’ नाटकले दुई पुस्ताका पात्रको कथा भन्छ र जीवन दर्शन मिसिएको छ, जसमा पर्खाइको कठिनाइ देखाइएको छ।
  • ‘हरि हजुरबा’ मण्डला थिएटरको पाँचौं सर्वाधिक कमाउने नाटक हो जसले २२ लाख रुपैयाँ ग्रस कमाएको थियो।

काठमाडौं । नाटक ‘हरि हजुरबा’ लिएर अभिनेताद्वय विजय बराल र नाजिर हुसेन मोफसल टूरमा निस्किएका छन् । ‘जारी २’को प्रदर्शन र ‘कबड्डी ५’ छायांकनको ब्यस्तताबीच विजय नाटक देखाउन हिँडेका हुन् ।

विहिबार यो नाटकलाई बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा देखाइनेछ । यसका लागि विजय पोखराबाट नेपालगञ्ज हुँदै त्यता पुगिसकेका छन् ।

शुक्रबार बर्दियाको राजापुरस्थित मानपुरको टपरा स्कुलमा, शनिबार नेपालगञ्जको बीपी चोकमा नाटक मञ्चन गर्ने कार्यक्रम छ ।

नाजिरले निर्देशन गरेको उक्त नाटकमा नाजिर र विजयको अभिनय छ । लामो समय फिल्ममा ब्यस्त विजय उक्त नाटकबाट रंगमंचमा फर्किएका हुन् ।

‘हरि हजुरबा’ ले दुई पुस्ताका पात्रको कथा भन्छ । हजुरबुबा कुरेर बसेकी छोरीको कथामा नाटक बनेको छ । ‘यसमा जीवन दर्शन पनि मिसिएको छ । पर्खाइ कति गाह्रो छ भन्ने कुरा यसले भन्छ’, नाजिरले नाटकबारे भनेका थिए, ‘यसले अलिकति द्वन्द्वको समयलाई पनि प्रतिनिधित्व गर्छ ।’

‘हरि हजुरबा’ मण्डला थिएटरका नाटकमध्ये सर्वाधिक कमाउनेमध्येको पाँचौ नाटक हो । यसले २२ लाख रुपैयाँ ग्रसमात्र मण्डला नाटकघरबाट कमाएको थियो । एक महिना चलेको नाटकमा दर्शक खचाखच थिए ।

नाटकमा सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे, रिसु राउतको पनि अभिनय छ ।

बर्दियाका ती ठाउँमा नाटक मञ्चनसँगै विजयले स्थानीय हलमा पुगेर ‘जारी २’का दर्शकसँग साक्षात्कार गर्नेछन् । ‘नाटक पनि हेरौं, सिनेमा पनि हेरौं । आउनुहोस् सँगै कथासँगै अनुभूति बाँडौं’ उनले भनेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ अहिले प्रदर्शनरत छ जहाँ विजयले मंगलसिंह पात्रको भूमिका निर्वाह गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More