― Advertisement ―

ProtoArc XK01 TP फोल्ड गर्न मिल्ने किबोर्ड र टचप्याड कम्बोमा बचत गर्नुहोस्

ट्याब्लेट वा फोनबाट काम गर्न सजिलो हुन सक्छ, तपाईंले लामो वा महत्त्वपूर्ण कुरा टाइप गर्न आवश्यक नभएसम्म। यो व्यापार समस्या समाधान गर्नु हो...
HomeLatest newsसुदन गुरुङ – KhabarHost

सुदन गुरुङ – KhabarHost



२७ कात्तिक, काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् ।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका हुन् ।

उनले आफ्ना मागहरू पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने बताए । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन जी आन्दोलनले न्याय पाउनुपर्ने माग उनको थियो ।

‘हामी चुनावमा जाँदैनौं । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो,’ उनले भने, ‘अहिले आएर चुनावमा जान्छौं, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौं ? हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More