― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsएशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

एशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल


राष्ट्रिय

समाचार.

  • नेपालले आजदेखि एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व सम्हालेको छ।
  • भारतका राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे।
  • एडीपीसीले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका क्षेत्रीय कार्यक्रमहरुको नेतृत्व गर्छ।

२६ कात्तिक, काठमाडौं। एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ।

थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे ।

यसअघि भारत सरकारको तर्फबाट त्यहाँको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह अध्यक्ष थिए । बैठकमा ‍नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलंकाका सदस्यहरु सहभागी थिए ।

सन् २०२५-२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि मन्तव्य राख्दै ई. भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसिको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सबलीकरणमा बोर्ड सदस्यहरुको थप क्रियाशीलताको अपेक्षा गरेको बताए।

एडीपीसीका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउनका लागि एडिपिसिको विशिष्ट स्थान रहेको ई. भट्टले उल्लेख गरे ।

जिम्मेवारी ग्रहण लगत्तै एडीपीसी बोर्ड अफ ट्रष्टीको छैटौं बैठक अध्यक्ष ई.दिनेश प्रसाद भट्टको अध्यक्षतामा बस्यो। एडीपीसीले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायतका क्षेत्रीय कार्यक्रमहरुको नेतृत्व गर्दछ। यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित छन्।

एडिपीसी एक स्वायत्त अन्तर्राष्ट्रिय संस्था हो। यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ। यस अवधिमा सेन्टरको सह-अध्यक्षता पाकिस्तानले गर्दैछ।





Read More