― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsपशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र


राष्ट्रिय

समाचार.

  • विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकमा आस्फाल्ड प्रविधि प्रयोग गरी कालोपत्र गर्न लागिएको छ।
  • स्थानीयवासीले सूचना नदिइ कालोपत्र उप्काएर धुलो उड्ने र स्रोतको दुरुपयोग भइरहेको गुनासो गरेका छन्।
  • काठमाडौँ महानगरपालिकाले रु दुई करोड लागतमा मङ्सिरसम्ममा चार किलोमिटर सडक कालोपत्र सक्ने योजना बनाएको छ।

२६ कात्तिक, काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ।

कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ।

आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर तामाङले गुनासो गरे ।

कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उनको भनाइ छ।

अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने आस्फाल्ड प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउँछन्।

महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ।

विभागका तर्फबाट साइट इञ्चार्जका रूपमा खटिएका इञ्जिनीयर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउँछन् । रु दुई करोड लागतमा सडक कालोपत्र भइरहेको उनले सुनाए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More