― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsढाकामा पनि बम विष्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा

ढाकामा पनि बम विष्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा



२६ कात्तिक, काठमाडौं । भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ ।

ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन ।

एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार मंगलबार ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका थिए ।

जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले जनाएको छ । यसले यस्ता आक्रमण जारी राख्ने जनाएको छ ।

धानमन्डीमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि मंगलबार बुलेकी स्थानीय समय अनुसार ८:०४ बजे अर्को विष्फोट भएको थियो । यसैगरी विस्फोट ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको थियो ।

प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका दुई जनाले बम फालेर भागेका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनएनले विस्फोटमा कुनै हताहत नभएको र विष्फोटमा संलग्न कोही पक्राउ पनि नपरेका उल्लेख गरेको छ ।

मानवीय क्षति नभए पनि विष्फोटबाट स्थानीय त्रासमा रहेका बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विष्फोट गराइएका बमहरू क्रुड बम भएको बताइएको छ । क्रुड बम भनेको घरेलु तरिकाले बनाइएको साधारण विस्फोटक यन्त्र हो । यो सामान्यतया कम गुणस्तरको, असुरक्षित र अस्थिर हुन्छ । क्रुड बम व्यावसायिक वा सैन्य बमहरू जस्तो उन्नत प्रविधि वा सामग्री प्रयोग गरेर बनाइँदैन ।

यसअघि आइतबार बेलुकी भारतको राजधानी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो स्टेसनमा कारमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको थियो । यसैगरी सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो ।

ढाकामा भने सरकारी कार्यालय, धार्मिक संस्था र पार्टी कार्यालयलाई लक्षित गरी विष्फोट गराइएको थियो । यो घटनापछि देशभर सुरक्षा सतर्कता बढाइएको द डेली स्टारले जनाएको छ ।

साथै सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । साथै धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्नेहरुलाई उचित जवाफ दिने चेतावनी पनि दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More