― Advertisement ―

स्पार्कक्याट मालवेयर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई लक्षित गर्न फर्कन्छ, निर्दोष एपहरूमा लुकेर तपाईंको विवरणहरू चोर्न प्रयास गर्न

Sparkerfoto Store मा iOS र PlayStore स्टोर एपहरूओसीआर र किवर्डहरू मार्फत क्रिप्टोकरेन्सी बीज वाक्यांशहरू लक्षित गर्दछनयाँ अस्पष्टता प्रविधिहरूले पत्ता लगाउन अझ गाह्रो बनाउँछSparkCat, एक...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ। विशेषगरी पूर्वी नेपालका हलहरूमा यस फिल्मको व्यापार राम्रो छ। 

यसैबीच, फिल्मका निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरूना मगर दर्शकसँग साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन्। हिजो सोमबार झापाको दमक र बिर्तामोडमा दर्शकहरूसँग भेटघाट गरेको टोलीले मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गरे। 

फिल्मको मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ। निर्देशक उपेन्द्र सुब्बाले पूर्वी नेपालका दर्शकको न्यानो स्वागत र मायाले आगामी दिनमा अझै राम्रो फिल्म पस्किनुपर्ने चुनौती महसुस भएको बताए।

यता, अभिनेत्री मिरूना मगरले पनि आजबाट प्रदर्शनमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गर्ने विश्वास व्यक्त गरिन्। ‘हिजो हामीले दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्‍यौं। आज सुनसरीको धरान र इटहरीमा दर्शक भेट्यौं। धरान मेरो गृहनगर भएकाले पनि दर्शकसँग साक्षात्कार गर्न पाउँदा अझै उत्साहित छु।’

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित ‘जारी २’ रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङले निर्माण गरेका हुन्।

Laxmi bank
Laxmi bank

लिम्बु समुदायको कथामा आधारित फिल्ममा दयाहाङ राई, मिरूना मगर र विजय बरालको प्रमुख भूमिका रहेको छ। साथमा, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरूङ, प्रेम सुब्बा, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखुलगायतका कलाकारहरूको पनि अभिनय छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा ‘जारी २’ निर्माण भएको हो।





Read More