― Advertisement ―

सर्फशार्कको फास्टट्र्याकले अब 2.000 भन्दा बढी सर्भरहरू कभर गर्दछ – तपाईंको शहर पनि सूचीमा हुन सक्छ

यसको हजारौं सर्फिङ्ट सर्भिसको सर्फिङमा थप्नुहोस् सुविधाप्रविधिले अब २.००० भन्दा बढी सर्भरहरू फैलाएको छVPN ले थप विस्तारको लागि प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छयो अगस्ट...
HomeLatest newsसंघकै प्रवृत्ति पच्छ्याउँदै प्रदेश सरकार – KhabarHost

संघकै प्रवृत्ति पच्छ्याउँदै प्रदेश सरकार – KhabarHost


राष्ट्रिय

समाचार.

  • संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल १८.५६ प्रतिशत बजेट खर्च गरेको छ भने विकास बजेट खर्च दयनीय छ।
  • प्रदेश सरकारले पनि बजेट खर्चमा कमजोर प्रदर्शन देखाएको छ, जसमा मधेश प्रदेशले साढे ३ प्रतिशत मात्र खर्च गरेको छ।
  • प्रदेशहरूमा राजनीतिक अस्थिरता र जेनजी आन्दोलनले बजेट खर्चमा असर परेको अर्थ मन्त्रालयले जनाएको छ।

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमास (साउन–असोज) सम्म संघीय सरकारले कुल १८.५६ प्रतिशत बजेट खर्च गरेको छ । यसमा विकास बजेट खर्चको अवस्था भने दयनीय छ ।

संघीय सरकारको सोही प्रवृत्ति प्रदेश सरकारले समेत दोहोर्‍याइरहेको तथ्यांकमा देखिन्छ । असोजसम्म सबै प्रदेशको बजेट खर्च न्यून देखिन्छ । त्यसमा पनि विकास बजेट दयनीय अवस्थामा छ ।

सबैजसो प्रदेश सरकारले अघिल्ला आवदेखि नै यस्तै प्रवृत्ति देखाइरहेका छन् । तर, यसपालि भने संघ र प्रदेश दुवै तहका सरकारले जेनजी आन्दोलन र राजनीतिक अस्थिरतालाई दोष दिने ठाउँ पाएका छन् ।

गत आव २०८१/८२ मा प्रदेश सरकारहरूको वार्षिक बजेट खर्च औसत ७३ प्रतिशतमात्र थियो । जसमा सबैभन्दा धेरै कोशीले ७७ प्रतिशत र सबैभन्दा कम कर्णालीले ६४ प्रतिशत खर्च गरेका थिए ।

यद्दपि, प्रदेश सरकारका धेरै खर्च असारमा हुने गरेको छ । तथ्यांक अनुसार सुदूरपश्चिम सरकारले आधा हाराहारी बजेट असारमा खर्च गरेको थियो । असारे विकास प्रवृत्ति संघदेखि प्रदेश सरकारसम्म पुग्दा पहिलो र दोस्रो त्रैमासमा हरेक सरकारको खर्च कमजोर देखिने गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो ५ वर्षयता विकास बजेटको औसत ३४.७९ प्रतिशत असारमा खर्च हुने गरेको छ । अन्तिम त्रैमास (वैशाख–असार) मा विकास खर्चको ५३.८ प्रतिशत खर्च भएको तथ्यांक छ ।

कोशीको बजेट खर्च ७.९० प्रतिशतमात्र

पहिलो त्रैमासमा कोशी प्रदेश सरकारले कुल बजेट खर्च ७.९० प्रतिशतमात्र गर्न सकेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक अनुसार कोशीले यस वर्ष ३५ अर्ब ७७ करोड ९८ लाख बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

पहिलो त्रैमाससम्म २ अर्ब ८२ करोड ५५ लाख बराबर बजेट खर्च गरेको छ । यो लक्ष्यको ७.९० प्रतिशत हाराहारी हो । यस अवधिसम्म चालु खर्च १ अर्ब २९ करोड भएको छ, जुन लक्ष्यको ९.०३ प्रतिशतमात्र हो ।

त्यस्तै पूँजीगत खर्च ६८ लाख रुपैयाँमात्र भएको छ । जुन वार्षिक लक्ष्यको ४.०२ प्रतिशतमात्र हो । यस अवधिमा प्रदेशले राजस्व बाँडफाँट र आन्तरिक राजस्वमार्फत ३ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन लक्ष्यको १६.९ प्रतिशत हो ।

यस प्रदेशले संघीय अनुदान ३ अर्ब ५३ करोड रुपैयाँ प्राप्त गरेको छ । यसरी तीन महिनामा प्रदेशको कुल प्राप्ति ६ अर्ब ६१ करोड रुपैयाँ भएको देखिन्छ । जुन कुल अनुमानको २०.२ प्रतिशत हो ।

मधेशको झन् कमजोर प्रदर्शन

मधेश प्रदेशले पहिलो त्रैमासिक अवधिमा कुल बजेटको साढे ३ प्रतिशत हाराहारी मात्र खर्च गर्न सकेको तथ्यांक छ । मधेशले यस वर्ष ४६ अर्ब ९८ करोड बराबर बजेट ल्याएको छ । यसमध्ये असोज मान्तसम्म १ अर्ब ६४ करोडमात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । यो कुल विनियोजित बजेटको ३.५ प्रतिशतमात्र हुन आउँछ ।

यस अवधिमा राजस्व संकलन भने २ अर्ब ४२ करोड ६४ लाख बराबर छ । मधेश सरकारले यस वर्ष १६ अर्ब ७२ करोड चालु खर्चको लक्ष्य राखेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असोजसम्म १ अर्ब २८ करोड खर्च भएको छ । ३० अर्ब २६ करोड पूँजीगत बजेट विनियोजन गरिएकोमा ३५ करोड ८५ लाखमात्र खर्च भएको तथ्यांक छ । यो प्रदेश राजनीतिक रूपमा अहिले अस्थिर छ । जसले गर्दा बजेट खर्चसमेत प्रभावित बनिरहेको छ ।

बागमतीमा ठूलो बजेट, कमजोर कार्यान्वयन

बागमती प्रदेशले यस वर्ष ६७ अर्ब ४७ अर्ब रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, पहिलो त्रैमासमा लक्ष्यको ६.१९ प्रतिशतमात्र खर्च गर्न सकेको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

यस वर्ष असोजसम्म बागमतीले ४ अर्ब १७ करोड ९१ लाख बराबर बजेट खर्च गर्न सकेको छ । आम्दानीतफ ७ अर्ब ६४ करोड ५० लाख छ । यो कुल प्राप्ति अनुमानको ११.३३ प्रतिशत हो ।

यस वर्ष आन्तरिक आम्दानी भने ४ अर्ब ७७ करोडको अनुमान गरिएकोमा ८७ करोडमात्र संकलन भएको छ । जुन लक्ष्यको १८.२३ प्रतिशत हो ।

बागमतीमा सबैभन्दा धेरै बजेट लोकसेवा आयोगले गरेको देखिन्छ । विकासे मन्त्रालयका बजेट खर्च यहाँ दयनीय अवस्थामा छ । प्रदेश सरकारले जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त हुँदा बजेट कार्यान्वयन भइरहेको जनाको छ ।

गण्डकीमा ८ प्रतिशतमात्र बजेट खर्च

गण्डकी प्रदेशले यस वर्ष ३१ अर्ब ९७ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो प्रदेशले २० कात्तिकसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ । जस अनुसार २ अर्ब ६५ करोडमात्र खर्च भएको छ । जुन लक्ष्यको ८.३१ प्रतिशत हो ।

गण्डकीले एक वर्षमा १२ अर्ब ६३ करोड चालु खर्च र १९ अर्ब ९ करोड पूँजीगत खर्चको लक्ष्य राखेको थियो । २० कात्तिकसम्म १ अर्ब १२ करोड चालु खर्च भएको छ । जुन लक्ष्यको ९.९२ प्रतिशत हो । पूँजीगत खर्च १ अर्ब ५२ करोड अर्थात् लक्ष्यको ८.०१ प्रतिशत भएको छ ।

उता, प्रदेश सरकारले ४ अर्ब ५४ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ । जुन लक्ष्यको १४.१२ प्रतिशत हो । जसमा केन्द्र सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटको रकम समेत समावेश छ ।

१० प्रतिशत कटाउन असफल लुम्बिनी प्रदेश

प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी प्रदेशले यस वर्ष ३८ अर्ब ९१ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । असोज मसान्तसम्म ३ अर्ब ६३ करोड बराबर खर्च गरेको छ । जुन लक्ष्यको ९.३५ प्रतिशत हो ।

यस वर्ष चालु खर्च १५ अर्ब ४३ करोडको लक्ष्य थियो । खर्च १ अर्ब ९४ करोड बराबर भएको छ । २३ अर्ब ४७ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ६९ करोड बराबर भएको छ । जुन लक्ष्यको ७.२३ प्रतिशत हो ।

बजेट कार्यान्वयनमा कमजोर कर्णाली सरकार

प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णालीका अनुसार कर्णालीले यस वर्ष ३२ अर्ब ९९ करोडको बजेट ल्याएको छ । असोजसम्म यस प्रदेशले १ अर्ब ९५ करोडमात्र खर्च गर्न सकेको छ । यो कुल विनियोजनको ५.९३ प्रतिशत मात्र हो ।

चालुतर्फ १ अर्ब ३९ करोड र पूँजीगत खर्च ५६ करोड बराबर भएको छ । यस अवधिमा कर्णालीले चालु बजेट लक्ष्यको ११.२२ प्रतिशत र पूँजीगत खर्च २.८२ प्रतिशतमात्र गर्न सकेको देखिन्छ ।

सुदूरपश्चिमको प्रगति ४ प्रतिशतमात्र

सुदूरपश्चिम प्रदेशले यस वर्ष ३३ अर्ब ३६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । असोज मसान्तसम्म १ अर्ब ३८ करोडमात्र भएको भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन ४ प्रतिशत मात्र हुन आउँछ ।

यस अवधिमा चालु खर्च १३ अर्ब ५२ करोड विनियोजन भएकोमा १ अर्ब १८ करोडमात्र भएको छ । जुन ९ प्रतिशतमात्र हो । पूँजीगत बजेट १९ अर्ब ८२ करोड विनियोजन भएकोमा १९ करोड ८० लाखमात्र खर्च भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More