― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो। यो कन्सर्टको थालनी नागोया सहरबाट हुनेछ।

‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुन्जाउनेछ। नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो।

पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ। १८ नोभेम्बर मंगलबार जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा नेपथ्य उभिने भएको हो। अन्तर्राष्ट्रिय  पहिचान बनाएको त्यस हलमा ब्यान्ड दोस्रो पटक प्रस्तुत हुन लागेको हो। सात वर्ष पहिले पनि त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो। नेपथ्य यसअघि भने ‘तोयोसु पिट’ मा प्रस्तुत भएको थियो।

टोकियोको भब्य हलमा आफ्ना गीतहरू सुनाएको ठीक छ दिनपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ। कन्सर्टका लागि नेपथ्यले त्यहाँको ‘जेप ओसाका बे साइड’ लाई चयन गरेको छ। दुई वर्षअघि भने नेपथ्यले त्यहाँको अर्को हल ‘नाम्बा ह्याच’ मा नेपाली लोकरक गुन्जाएको थियो।

नेपथ्य जापानमा पहिलोपटक सन् १९९८ मा प्रस्तुत भएको थियो। ब्यान्ड मुलुकबाहिर धेरैपटक उपस्थित भएका देशहरूमा जापान पनि पर्छ।

नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ।

‘कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम गरिरहेका छौँ,’ भिजोनियाका प्रमुख सुभाष लामिछाने भन्छन्, ‘टिकट बिक्री तीव्र गतिमा भइरहेको छ। जापानका अन्य सहरमा बसोबास गर्ने इच्छुकले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन्।’

Laxmi bank
Laxmi bank

तीन दशकभन्दा लामो सांगीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झनाहरू बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरूङ बताउँछन्। उनी भन्छन्- ‘मीठा यादहरूबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ।’

आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयसाथ स्वागत गर्दै आएको अमृत सुनाउँछन्।

विशेषतः आर्थिक उपार्जनका लागि लामो समयदेखि रोजगारी वा बसोबास गर्ने नेपालीमाझ जापान आकर्षक गन्तब्य रहँदै आएको छ। पछिल्लो समय भने यो मुलुक उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ। आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रक संगीत प्रस्तुत गर्ने नेपथ्यका गीतहरू मन पराउँदै आएका छन्।

नेपथ्यको उपस्थितिलाई नेपाली दर्शक–श्रोताबाहेक जापानीबाट पनि उत्तिकै स्नेह मिल्दै आएको छ। कन्सर्टका बेला जापानीको उपस्थिति पनि देखिने गरेको छ। सन् २०१५ मा जापान पुगेको बेला अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने भिडियो रिपोर्ट ‘प्राइम टाइम न्युज’ मै देखाएको थियो। त्यसले पनि जापानीमाझ ब्यान्डको पहिचान स्थापित गर्न मद्दत गरेको थियो।

नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार मञ्चमा प्रस्तुत हुने छ कलाकारका अलावा व्यवस्थापन र प्राविधिक फाँटका आठ थप सदस्य सहितको टोली जापान पुग्दै छ।

‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ श्रेष्ठ भन्छन्।

जापानका मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

दर्शकको सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टहरूका लागि पनि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ। 

 





Read More