― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

६ जना कमेडियनहरूले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन्।

फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिका: भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन्।

अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय भएको हो।

कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको आयोजक फेम नेपालका प्रमुख बिमलकुमार पछाईले बताए। डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको उनले जानकारी  दिए। १५ सहरमा गर्ने भनिए पनि नाम र मिति यकिन हुन बाँकी छ। 

‘यी सबै प्रतिभाशाली कलाकारले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्’ पछाईले भने, ‘अब सहर बुकिङ खुला भएको छ।’ 

उनले आफ्नो सहरमा टूर आयोजना गर्न चाहने स्थानीय आयोजक, समुदायका प्रतिनिधि र इभेन्ट प्रमोटरलाई सम्पर्क गर्न आग्रह गरे। 

कमेडियन भरतमणीका अनुसार उनको टोली नोभेम्बर अन्त्यतिर अमेरिका उड्नेछ। टूरमा कलाकारले अहिले प्रसारण भैरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा निर्वाह गरेका कतिपय चरित्र प्रस्तुत गर्नेछन्। 

Laxmi bank
Laxmi bank

भरतमणी र सुमन कोइरालाले घरबेटी र माइकलको भूमिका गर्ने भएका छन्। कैलाशले भिकारी, सजनले स्ट्यान्ड अप, मेक्सम गौडेल र सुमन कार्कीले कुन चरित्र निर्वाह गर्ने तय हुन बाँकी छ। फेम नेपालले टेक्सासमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्दै आएको छ।

 

 





Read More