― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsबीमाको औषधि गुणस्तरीय हुँदैन भन्ने कुरा झुटो : स्वास्थ्यमन्त्री – KhabarHost

बीमाको औषधि गुणस्तरीय हुँदैन भन्ने कुरा झुटो : स्वास्थ्यमन्त्री – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको कुरा भ्रमपूर्ण र गलत भएको बताइन्।
  • मन्त्री गौतमले बीमा कार्यक्रममा भएका समस्याहरू क्रमशः सुधार गर्ने प्रतिवद्धता जनाइन् र भूक्तानी नभएको गुनासो छिटै समाधान गर्ने बताइन्।
  • उनले स्थानीय तहले निशुल्क औषधी उपलव्ध गराउनुपर्ने र केन्द्रले सहयोग गर्ने उल्लेख गरिन्।

२४ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता नरहेको बताएकी छन् ।

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन् ।

निजी औषधी व्यवसायीहरू मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भन्दै सजग हुन उनको आग्रह छ ।

मन्त्री गौतमले बीमा कार्यक्रममा भएका समस्याहरू क्रमश: सुधार गर्दै जाने प्रतिवद्धता जनाइन् ।

बीमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केहि अस्पतालबाट आएको भन्दै उनले त्यसलाई छिटै समाधान गर्ने बताइन् ।

उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरिन् ।

मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधी उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताइन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More