― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsरास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार



२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ ।

रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८-१९ पुस तोकिएको छ ।

रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो ।

सहमहामन्त्री आचार्यले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि कानुनी प्रावधान सहित पार्टीले मापदण्डहरू तय गरेको जानकारी गराए ।

उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको सहमहामन्त्री आचार्यले जानकारी गराए ।

समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता भने नहुने रास्वपाले जनाएको  छ ।

रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका आवेदकका लागि २५ हजार रुपैयाँ तय गरेको थियो । जेनजी विद्रोहसँगै प्रतिनिधिसभा विघटन भएपछि रुपन्देही–३ मा उपनिर्वाचन भने हुन सकेन ।

रास्वपाले अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय लिएको छ ।

‘प्रत्यक्ष अथवा समानुपातिक हकमा आवश्यक योग्यताहरूको एउटा लिस्ट बनाउन छौं । थप योग्यतालाई स्वघोषणा गर्न भनेका छौं । सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गर्नु पर्नेछ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘अनलाइन होस् अथवा अफलाइन होस् त्यो द्वेष फैलाउने उम्मेदवार हुन नपाउने मापदण्ड बनाएका छौं । वैध आयस्रोत भएको पुष्टि पनि गर्नुपर्दछ ।’

उम्मेदवार हुन इच्छुकले अनलाइन वा भौतिक रूपमा फर्म भरेर आवेदन पेस गर्न सकिने रास्वपाले जनाएको छ ।

उम्मेदवार छनोट गर्दा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतको विधि अवलम्बन गरिने रास्वपाले जनाएको  छ ।

‘एउटा प्रारम्भिक निर्वाचनबाट आउने भोटको एउटा  भ्यालु हुन्छ । उम्मेदवार मूल्यांकन समिति बनाउने भनेको छौं । उम्मेदवार मूल्यांकन समितिमा क्लस्टर अनुसार प्रतिनिधित्व हुनुहुन्छ । सातै प्रदेशबाट समितिमा प्रतिनिधित्व हुन्छ । पार्टीले बनाएका सबै विधिहरूबाट अंक जोडेर उम्मेदवारको अन्तिम सूची निकाल्छौं,’ आचार्यले भने ।

आवेदनका लागि अन्तिम मिति पार्टीको बैठकले निर्णय गर्ने आचार्यले जानकारी गराए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More