― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsटीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै

टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै



१ कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो ।

काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए ।

उनले उपलब्ध गराएको आफ्ना विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता उनले ०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।

यद्यपि उक्त विवरणहरू महानगरपालिकाको ढड्डामा नभएको पाइएको छ । काठमाडौं महानगरपालिका- ६ का वडाध्यक्ष भुवन लामाका अनुसार, माथि उल्लेखित विवरणहरूको ढड्डा खोज्दा केही पनि पाइएको छैन ।

‘हामीले ढड्डामा केही भेटेनौं । सोही अनुसारको विवरण लेखेर भोलि जिल्ला प्रहरी परिसरमा पनि पत्र पठाउँदैछौं,’ वडाध्यक्ष लामाले अनलाइनखबरसँग भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत २७ असोजमा अनुसन्धान गर्नका लागि ६ दिनको म्याद दिएको थियो ।

तेन्जिङले पेस्तोल जस्तो देखिने जोखिम हात हतियार प्रदर्शन गरी आम जनमानसमा डर, त्रास सिर्जना गरेको भन्दै अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ दिनको म्याद थप गरेको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

प्रहरीले खोजी तीव्र पारेपछि तेन्जिङ आफैं प्रहरी कहाँ पुगेका थिए ।

भाइरल उक्त भिडियो जेनजी आन्दोलनको समय नरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीबाट नक्कली पेस्तोल पनि बरामद भएको छ ।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More