― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsवर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’, स्पिड ४ गुणा फास्ट हुने दाबी

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’, स्पिड ४ गुणा फास्ट हुने दाबी


राष्ट्रिय

समाचार.

  • वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौंमा ‘वर्ल्डलिंक सिक्सजी’ इन्टरनेट प्रविधि सार्वजनिक गरेको छ।
  • ‘वर्ल्डलिंक सिक्सजी’ले वाइफाई फाइभभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणा उच्च थ्रुपुट दिने कम्पनीले दाबी गरेको छ।
  • वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, ‘वाइफाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो।’

२३ कात्तिक, काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ । आइतबार  काठमाडौंमा कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘वर्ल्डलिंक सिक्सजी’ इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो ।

भविष्यको इन्टरनेटका रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ ले हाल प्रचलनमा रहेको वाइफाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने जनाइएको छ ।

यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवालले नयाँ प्रविधिको आधिकारिक सुरुवात गरे ।

उनले भने, ‘वाइफाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More