― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

प्रदर्शनरत नेपाली सिनेमाको व्यापार देशभर उत्साहजनक देखिएको छ।

खासगरी शुक्रबारदेखि प्रदर्शनमा आएको ‘जारी २’ र दोस्रो सातामा प्रदर्शनरत ‘परान’ ले देशभरका हलमा राम्रो व्यापार गरेका छन्। कम शो पाए पनि शुक्रबार रिलिज ‘मन बिनाको धन’ मा पनि प्राप्त शोमा दर्शक अकुपेन्सी सुखद रहेको निर्देशकले बताएका छन्। 

पहिलो दिनबाटै आक्रामक ‘जारी २’

दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘जारी २’ मा शुक्रबार र शनिबार देशभरका हल लगभग शतप्रतिशत भरिए।

पूर्वी नेपालका सहरमा यो फिल्मको शुक्रबार र शनिबारको शो पहिल्यै ‘सोल्ड–आउट’ थिए भने आइतबारको शोको समेत लगभग सबै टिकट बिक्री भएको देखिन्छ।

यो फिल्मको इटहरीमा राति ११ः४५ बजेको शो समेत राखिएको छ। काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्जसहितका सहरमा समेत फिल्मले उत्साहजनक व्यापार गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए। 

उनका अनुसार अनुसार फिल्मको दुई दिनको कमाइ २ करोड ७० लाख रूपैयाँ हाराहारी पुग्ने अनुमान छ।

Laxmi bank
Laxmi bank

उनले भने, ‘शुक्रबारको व्यापार एक करोड १८ लाख रूपैयाँ हाराहारी थियो। शनिबार एक करोड ५० लाख रूपैयाँमाथि हुने अनुमान हो। यद्यपि, मध्यरातसम्मकै शो भएकाले ठ्याक्कै भन्न सकिँदैन। अहिलेको माहोलको यो ओपनिङलाई लिएर उत्साहित छौं।’ 

उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ को आगामी दिनमा कस्तो व्यापार गर्छ?

यो भने दर्शकको ‘वर्ड अफ माउथ’ मा निर्भर रहनेछ। र, लिम्बू समुदायमा कथामा बनेको फिल्म हेरेका दर्शकले रूचाएका छन्।

फिल्ममा दयाहाङ र मिरूनासहित, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुश्कर गुरूङ लगायत कलाकारको अभिनय छ। अन्तर्राष्ट्रिय बजारमा पनि फिल्म एकसाथ प्रदर्शनमा छ।

झन् बढ्दै ‘परान’ को व्यापार

अघिल्लो शुक्रबार रिलिज ‘परान’ लाई दर्शकको बलियो ‘वर्ड अफ माउथ’ को साथ मिलिरहेको छ। जसका कारण यो फिल्मले अझ राम्रो व्यापार गरिरहेको छ।

दोस्रो साताको पहिलो शुक्रबार र शनिबार फिल्मले देशभर हाउसफुल व्यापार गर्‍यो।

यो फिल्मको कुल व्यापारबारे निर्माताले बताएका छैनन्। आधिकारिक रिपोर्ट चलचित्र विकास बोर्डले सोमबार मात्रै सार्वजनिक गर्नेछ।

यो फिल्मको सुरूआती व्यापार न्यून थियो। दर्शकको बलियो वर्ड अफ माउथको साथले फिल्मले पिकअप लिएको निर्देशक दीपक आचार्यले बताए।

‘शनिबार त धेरै ठाउँमा टिकट नपाएर फर्किनुपर्ने अवस्था आयो’, उनले भने, ‘यो फिल्म हेर्न पारिवारिक दर्शकको भीड छ।’

परानमा नीर शाह, महेश त्रिपाठी, अञ्जना बराईली, पूजा चन्द, प्रविण खतिवडा, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय छ।

प्राप्त शोमा सुखद ‘मन बिनाको धन’

टंक बुढाथोकीको निर्देशनमा बनेको ‘मन बिनाको धन’ मा पनि दर्शकको उपस्थिति सुखद देखिएको छ। यो फिल्म बाल गायक अशोक दर्जीको सफलताको कथामा आधारित छ।

यो फिल्मले कम शो पाए पनि शुक्रबार र शनिबार राम्रो दर्शक पाएको निर्देशक बुढाथोकीले बताए।

उनले भने, ‘शो अलि कम पायौं। यद्यपि, ती सबै शो शनिबार लगभग हाउसफुल रहे। दर्शक प्रतिक्रिया पनि राम्रो छ।’

यो फिल्मको शीर्ष भूमिकामा बालगायक अशोक दर्जी नै छन्। साथमा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायतको अभिनय छ।

त्यस्तै, असोज ३१ मा रिलिज ‘जेरी अन टप’ ले चौथो सातासम्म आउँदा पनि उत्साहजनक व्यापार गरिरहेको छ।

 





Read More