― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsकाठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध


राष्ट्रिय

समाचार.

  • काठमाडौं महानगरपालिकाले खुला ठाउँमा प्लास्टिक र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ।
  • महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार उल्लङ्घनमा प्रतिपटक १० हजार रुपैयाँ जरिवाना गर्ने जनाएको छ।
  • वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्ने भएकाले यस्तो निर्णय गरिएको महानगरका वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो।

२३ कात्तिक, काठमाडौं । काठमाडौं  महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ ।

चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले यस्ता वस्तु बाल्न रोक लगाइएको जनाइएको हो ।

जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । ‘प्रदूषण बढ्न यसरी खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ,’ विभाग प्रमुख सरिता राईले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस्तो निर्णय गरिएको हो ।’

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड छ ।

महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८२ बमोजिम कारबाही हुने विभाग प्रमुख राईको भनाइ छ ।

यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More