― Advertisement ―

चोरी गरिएका सत्र कुकीहरूले ह्याकरहरूलाई अलर्टहरू उठाउन बिना प्रति महिना एक हजार डलर भन्दा कमको लागि पूर्ण खाता पहुँच दिन्छ।

मल्टिप्टर-सेसनद्वारा पासवर्डहरू र Stormspack-jacking गरेर प्रमाणीकरणआक्रमणकारीहरूले मानक सुरक्षा अलर्टहरू ट्रिगर नगरी टाढाबाट चोरी सत्रहरू पुनर्स्थापना गर्न सक्छन्गुप्त शोषणको लागि एन्क्रिप्टेड ब्राउजर प्रमाणहरू प्रशोधन गर्न...
HomeLatest newsबढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित

बढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित



२३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ ।

वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

त्यसपछि बढी प्रदूषित सहरको रुपमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ ।

त्यसपछि धेरै प्रदूषण रहेका ठाउँको श्रेणीमा क्रमश: दाङको देउखुरी (१२४), काठमाडौंको शंखपार्क (१२३) र ललितपुरको खुमलटार (१०५) छन् ।

हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम रहेकामा आज बिहान नौ बजेसम्म शंखपार्कको प्रदूषणको मात्रा ह्वात्तै बढेर १२३ पुगेको छ ।

वातावरण विभागकै वेबसाइटमा राखिएको विवरणअनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।

तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले त्यो उडेर नेपालसम्म आइपुग्न सक्ने जानकारहरु बताउँछन् ।

सुक्खायाममा पानी कम पर्ने, हावा नचल्ने र कृषिजन्य पदार्थहरु जलाउने र पर्यावरण मैत्री अनुकूल नहुने विकास निर्माणका काम वायु प्रदूषणका मुख्य कारण मानिन्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More