― Advertisement ―

डिजिटल फोटो फ्रेमहरू बिर्सनुहोस् — बिल्ट-इन फ्रेमको साथ पोलारोइडको अद्वितीय फोटो प्रिन्टर एनालग प्रशंसकहरूको लागि उपयुक्त छ।

प्रिन्ट गर्न सकिने पोर्टोइड मार्फत नवीनतम उत्पादन एपयन्त्रको अद्वितीय बिल्ट-इन फ्रेमले तपाइँको प्रिन्टहरू राख्न सक्छयसको लागत $119.99 / £99.99 छ र हाइ-प्रिन्ट दायरामा 2x3...
HomeLatest newsधावनमार्गको लाइटमा समस्या हुँदा भद्रगोल बन्यो काठमाडौं विमानस्थलको उडान

धावनमार्गको लाइटमा समस्या हुँदा भद्रगोल बन्यो काठमाडौं विमानस्थलको उडान



२२ कात्तिक, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आउँदा उडान अवतरण भद्रगोल बनेको छ ।

काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, अहिले फिल्डमा प्राविधिक टोलिले काम गरिरहेको छ । उनले आंशिक समस्या समाधान भएको पनि बताए ।

तर, उडान/अवतरण सुचारू हुन अझै समय लाग्ने छ । अहिले कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको छ ।

स्पाइसजेटले आजको उडान रद्द गरेको छ । उक्त विमान दिल्लीबाट काठमाडौं आउने क्रममा थियो ।

जनकपुरबाट आएको बुद्धको जहाज उतै पठाइएको छ । सुर्खेतबाट आएको बुद्धको जहाजलाई पोखरा डाइभर्ट गरिएको छ ।

अन्य जहाज होल्डमै छन् ।





Read More