― Advertisement ―

बेल्किनको नयाँ ग्याजेट पावर बैंक, रात्रि प्रकाश, र SOS सिग्नल सबै एकै ठाउँमा छ

Belkin ले एउटा नयाँ पावर पनि सुरु गरेको छ यो बैंकले लाई पनि सुरु गरेको छ। नाइट लाइट, फिल लाइट, वा SOS सिग्नलको रूपमा...
HomeLatest newsहुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद



२२ कात्तिक, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ ।

चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

नियन्त्रणमा लिएको चिनियाँ मदिराको बजार मूल्य ३७ लाख ६ हजार ५००  रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

७५३ कार्टुनभित्र ९ हजार ३६ बोतल रहेको डिएसपी पोखरेलको भनाइ छ । विशेष सूचनाका आधारमा प्रहरीले जनप्रतिनिधि सुरक्षा, पत्रकारहरूको रोहबरमा छापा हानेको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More