― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsधोनीले आईपीएल २०२६ खेल्ने – KhabarHost

धोनीले आईपीएल २०२६ खेल्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • भारतीय क्रिकेटर एमएस धोनीले आगामी आईपीएल सिजनमा पनि चेन्नई सुपर किङ्सबाट खेल्ने भएका छन्।
  • चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले धोनीले अर्को सिजन उपलब्ध हुने बताएका छन्।
  • धोनीले आईपीएलमा २४८ खेल खेलेका छन् र पाँच पटक उपाधि जितिसकेका छन्।

२१ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर एमएस धोनीले आगामी सिजन पनि इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने भएका छन्। चेन्नई सुपर किङ्स (सीएसके) का प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले यसको पुष्टि गरेका छन्।

विश्वनाथनले समाचार संस्था क्रिकबजसँग भने, ‘हो, एमएसले हामीलाई भनेका छन् कि उनी अर्को सिजन पनि उपलब्ध हुनेछन्।’ धोनी र विश्वनाथन दुवै २००८ देखि सीएसकेसँगै छन्।

धोनीको आगामी सिजनमा खेल्ने या नखेल्ने प्रश्न पछिल्ला केही वर्षदेखि उठ्दै आएको थियो। तर सीएसके सीईओको यो बयानले कम्तीमा सन् २०२६ को सिजनसम्मको अड्कलबाजी अन्त्य भएको छ।

गत सिजनमा टोलीले राम्रो प्रदर्शन गर्न सकेन र अंक तालिकाको तल्लो स्थानमा रहेको थियो। गत सिजनको बीचमै चोटका कारण नियमित कप्तान रुतुराज गायकवाडको अनुपस्थितिमा धोनीले टोलीको कप्तानी सम्हालेका थिए।

धोनीले सीएसकेबाट २४८ खेल खेलेका छन् र ४,८६५ रन बनाएका छन्। उनले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा पाँच पटक आईपीएल उपाधि जिताएका छन्।

यदि उनी अर्को सिजन पनि खेल्छन् भने त्यो उनको फ्रेन्चाइजीसँगको १७औं सिजन हुनेछ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More