― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsकार्यदलमा पेशागत संगठनका सदस्य थप्ने सहमति – KhabarHost

कार्यदलमा पेशागत संगठनका सदस्य थप्ने सहमति – KhabarHost



२१ कात्तिक, काठमाडौं । तीन बुँदे सहमतिसँगै नर्सहरूले आन्दोलन फिर्ता लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार सेवासुविधा सम्बन्धी माग राख्दै आन्दोलनमा रहेका नर्सहरूले सहमतिसँगै विरोधका कार्यक्रम हालका लागि फिर्ता लिएका हुन् ।

शुक्रबार मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई यसअघि गठन भएको प्रा.डा. श्रीकृष्ठ श्रेष्ठ नेतृत्वको कार्यदलमा सदस्यका रूपमा समावेश गर्ने सहमति गरिएको छ ।

नर्सहरूको सेवासुविधा र समस्या समाधानका विषयमा यथार्थ विवरणसहित सुझाव पेश गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ ।

सहमतिसँगै नर्सहरू हाल चलिरहेको आन्दोलन स्थगित गर्दै नियमित सेवामा फर्किने भएका छन् ।





Read More