― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsभन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद – KhabarHost

भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद – KhabarHost


राष्ट्रिय

समाचार.

  • इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीमा भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद गरेको छ।
  • बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ रहेको डीएसपी इन्द्र रानाले जानकारी दिए।
  • प्रहरीले भन्सार चोरी तस्करीमार्फत ल्याइएका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सेट लगायतका सामान पनि बरामद गरेको छ।

२१ कात्तिक, बुटवल। भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो।

बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्र रानाले जानकारी दिए।

प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू सडकमा झोला फ्याँकेर भागेका थिए।

बरामद गरिएका सामानका सम्बन्धमा आवश्यक कागजात नभएको र कसैले सम्पर्क नगरेका कारण ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाइएको डीएसपी रानाले बताए।

त्यस्तै, प्रहरीले भन्सार चोरी तस्करीमार्फत नेपाल ल्याइएका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सेट, १६ थान सल, १०८ जोर मोजा, १६ थान कुर्ता, गुल मञ्जन ४८ पिस र २ बोरा केराउका रहेका छन्।

यी सबैको मूल्य करिब ९० हजार रुपैयाँबराबर हुने अनुमान गरिएको छ। भन्सार छलेर सामान ल्याउनेको खोजी भइरहेको प्रहरीको भनाइ छ।





Read More