― Advertisement ―

स्पार्कक्याट मालवेयर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई लक्षित गर्न फर्कन्छ, निर्दोष एपहरूमा लुकेर तपाईंको विवरणहरू चोर्न प्रयास गर्न

Sparkerfoto Store मा iOS र PlayStore स्टोर एपहरूओसीआर र किवर्डहरू मार्फत क्रिप्टोकरेन्सी बीज वाक्यांशहरू लक्षित गर्दछनयाँ अस्पष्टता प्रविधिहरूले पत्ता लगाउन अझ गाह्रो बनाउँछSparkCat, एक...
HomeLatest newsनेपाल बैंकको निष्क्रिय कर्जा साढे ५ प्रतिशत, वितरणयोग्य नाफा ऋणात्मक

नेपाल बैंकको निष्क्रिय कर्जा साढे ५ प्रतिशत, वितरणयोग्य नाफा ऋणात्मक


राष्ट्रिय

समाचार.

  • नेपाल बैंकको निष्क्रिय कर्जा असोज मसान्तसम्म ५.४९ प्रतिशत पुगेको छ, जुन गत वर्षको ३.९५ प्रतिशतभन्दा बढेको हो।
  • बैंकको खुद नाफा पहिलो त्रैमासमा ५८ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६० करोड २१ लाख रुपैयाँभन्दा २.३ प्रतिशत कम हो।
  • वितरणयोग्य नाफा ५७ करोड रुपैयाँ ऋणात्मक छ र प्रतिसेयर वितरणयोग्य नाफा १५.०५ रुपैयाँ ऋणात्मक रहेको छ।

२१ कात्तिक, काठमाडौं । नेपाल बैंकको निष्क्रिय कर्जा बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ५.४९ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३.९५ प्रतिशत थियो ।

बैंकको खुद नाफा २.३ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ६० करोड २१ लाख रुपैयाँ थियो ।

वितरणयोग्य नाफा ५७ करोड रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.०५ रुपैयाँ ऋणात्मक हो । बैंकको पाकेको साँवा तथा ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक हुनुका साथै निष्क्रिय कर्जा बढेको देखिन्छ ।

खुद ब्याज आम्दानी १६।३ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ५६ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँ छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १६०।३२ रुपैयाँ छ । बजार मूल्य प्रतिसेयर नेटवर्थभन्दा न्यून छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४८।४० रुपैयाँ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More