रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको हो ।
राष्ट्रिय
समाचार.
- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ६ वटा फ्लडलाइट टावरहरूमा बत्ती जडानको काम भइरहेको छ।
- फ्लडलाइट जडानका आयोजना प्रमुख सौरभ साहले शनिबारसम्म लाइट जडानको काम सकिने बताएका छन्।
- नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण सुरु हुन ११ दिन मात्र बाँकी छ।
२० कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा यतिबेला फ्लडलाइट जडानको काम भइरहेको छ ।
रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको हो ।
२ वटा टावरमा बत्ती जडानको काम भइसकेको छ भने २ वटा टावरमा अहिले जडानको काम भइरहेको छ । त्यस्तै अर्को दुई टावरमा लाइटहरू जडान गर्न बाँकी नै छ ।
फ्लडलाइट जडानका आयोजना प्रमुख सौरभ साहले शनिबारसम्म लाइट जडानको काम सकिने बताएका छन् ।
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब ११ दिन मात्र बाँकी छ ।
यस्तोमा अहिले एनपीएलको खेल फ्लडलाइटमा हुन्छ वा हुन्न भन्ने चासो सबैमा छ ।
तस्वीरहरू हेर्नुहोस् :
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More











