राष्ट्रिय
समाचार.
- नेपाली सेनाले युएनको ८० औं स्थापना दिवसको अवसरमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा युएन डे मनाएको छ।
- प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
- सन् १९५८ देखि नेपाली सेना शान्ति सैनिकमा खटिँदै आएको छ र सबैभन्दा बढी महिला शान्ति सैनिक खटाउनेमा पनि अग्रणी छ।
२० कात्तिक, काठमाडौं। नेपाली सेनाले युएन डे (संयुक्त राष्ट्र संघ, दिवस) मनाएको छ ।
युएनको ८० औं स्थापना दिवसको अवसरमा बिहीबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा एक कार्यक्रम सेनाले युएन दिवस मनाएको हो ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरियो।
प्रधानसेनापतिसँगै तीन वटै सुरक्षा निकायका प्रमुखहरु रक्षा सचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।
सन् १९५८ बाट शान्ति सैनिकमा नेपाली सेना खटिँदै आएको छ । शान्ति सैनिक पठाउनको पहिलो नम्बरमा नेपाली सेना छ । सबैभन्दा बढी महिला शान्ति सैनिक खटाउनेमा पनि नेपाली सेना नै प्रथम छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

