― Advertisement ―

Intego को ‘सुपर स्ट्राङ्ग’ एन्टिभाइरसको विश्व कपको मूल्य कटौती भएको छ

इन्टेगोको एन्टिभाइरस उत्कृष्ट म्याक-समर्पित सुरक्षाको लागि हाम्रो शीर्ष छनोट हो, र Intego ले विश्व कपको लागि समयमै विशेष सीमित समय सबै Intego One योजनाहरूमा...
HomeLatest newsफिल्म सेन्सर बोर्डमा तत्काल सहि व्यक्ति ल्याउन मन्त्री खरेलको निर्देशन

फिल्म सेन्सर बोर्डमा तत्काल सहि व्यक्ति ल्याउन मन्त्री खरेलको निर्देशन


राष्ट्रिय

समाचार.

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समितिमा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन्।
  • मन्त्री खरेलले मन्त्रालयका सचिव र महाशाखाका प्रमुखहरूलाई सेन्सर बोर्ड र विकास बोर्डसँग समन्वय गरी सहि व्यक्ति ल्याउन भने।
  • चलचित्रकर्मीहरूले सेन्सर बोर्डको काम गर्ने शैलीप्रति आपत्ति जनाएपछि मन्त्रीले सहि व्यक्तिलाई बोर्डमा ल्याउन निर्देशन दिएका हुन्।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् ।

समितिका पदाधिकारी हेरफेर हुनसक्ने संकेत गर्दै उनले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखाका प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री खरेलले निर्देशन दिँदै भने, ‘सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल राइट म्यान इन राइट प्लेस ल्याउनूस ।’

चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार चलचित्रकर्मीसँग छलफल र अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा केही चलचित्रकर्मीले सेन्सर बोर्डको काम गर्ने शैलीप्रति आपत्ति जनाएका थिए ।

गुनासाहरूको जवाफ दिँदै मन्त्री खरेलले सहि व्यक्तिलाई बोर्डमा ल्याउन निर्देशन दिएका हुन् । संचार सचिव अर्यालले सेन्सर बोर्डबारे धेरै समस्या आएकाले यसबारे आफूले बुझ्ने बताइन् ।

अभिनेता प्रदीप खड्काले सेन्सर शैलीप्रति आपत्ति जनाए । निर्देशक प्रदीप भट्टराईले सेन्सर कमजोर रहेको बताए । ‘फिल्म लेख्ने बेलादेखि सेन्सर बोर्ड सम्झिएर हाम्रो हात काँप्छ’ भट्टराईले भने, ‘अब सेन्सरलाई खुकुलो बनाउनुपर्छ ।’

अभिनेता जितु नेपालले पनि सेन्सर बोर्ड लचिलो हुनुपर्ने बताएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More