― Advertisement ―

विश्व कीर्तिमान आरसी कार इन्जिनियरले “थोरै हास्यास्पद” २५० माइल प्रतिघण्टा लक्ष्य पछ्याउन आफ्नो थ्रीडी प्रिन्टेड गाडीलाई पुन: डिजाइन गर्न थाल्छ।

फेब्रुअरीमा रेकर्ड-3एमपी कार्ड प्रयोग गरी पुग्यो। ड्रोन-संचालित ड्राइभट्रेनपरियोजना 250 रिडिजाइनले चेसिसलाई साँघुरो पार्ने र विद्युतीय शक्ति बढाउनमा केन्द्रित छइन्जिनियरले अपग्रेड गरिएका मोटरहरू र उच्च...
HomeLatest newsमध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने

मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने



रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको  प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट-किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल सवार आवागमन रोक्नुपर्ने प्रस्ताव सश गरेका थिए । सोही प्रस्तावका आधारमा १९ दिनका लागि रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ ।

ठूला सवारीसाधनले वैकल्पिक मार्गका रूपमा कैचिमोड-धाउन्ने-पोखरा-छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड-धाउन्ने-नाथिगाड-धपे मार्ग प्रयोग गर्न सक्ने छन् ।

– रुकुमपूर्वबाट बालाराम शेर्पाली

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More