― Advertisement ―

निन्जाले घरको कफी निर्माताहरूसँगको सबैभन्दा ठूलो, सबैभन्दा घिनलाग्दो समस्या समाधान गरेको छ, र बरिस्टाको रूपमा, म विश्वास गर्न सक्दिन कि कसैले यो पहिले सोचेको...

म यहाँ TechRadar मा धेरै कफी मेसिनहरूको परीक्षण गर्छु - प्रत्येक वर्ष एक दर्जन भन्दा बढी - र त्यहाँ एउटा कुरा छ जसले मलाई...
Homeराष्ट्रिय समाचारदलहरू भन्छन्– जेनजीको भावना अनुसार सच्चिएर अगाडि बढ्छौं

दलहरू भन्छन्– जेनजीको भावना अनुसार सच्चिएर अगाडि बढ्छौं



१९ कात्तिक, काठमाडौं । पुराना राजनीतिक दलका नेताहरूले जेनजीको भावना अनुसार सच्चिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

‘राष्ट्रहित सर्वोपरि’ ले बुधबार ललितपुरमा ‘राष्ट्रिय एकताका लागि नागरिक पहल’ विषयक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा एमालेका तर्फबाट नेता प्रदीप ज्ञवाली थिए । उनले नेपालका राजनीतिक दलहरूको सञ्चालनमा त्रुटि नै छैनन् भनेर आफूले नभन्ने बताए ।

उनी भन्छन्, ‘नेपालका राजनीतिक दलहरूको सञ्चालनमा त्रुटि नै छैनन् म भन्दिनँ । तर, हामीले हेर्ने भनेको उनीहरूले आफूलाई निरन्तर परिमार्जन गर्दै छन कि, अझ परिपक्क बनाउँदै छन कि या उनीहरूको यात्रा ओरालो लागेको छ । यसबाट हेर्ने हो ।’

जनताको भावना र खासगरी युवा पुस्ताको भावनाअनुसार पार्टीलाई अगाडि बढाउन प्रयत्न भइराखेको उल्लेख गर्दै उनले भने, ‘समाजसँग सँगै पार्टीहरू अगाडि बढ्छन् । त्यसो हुँदा पार्टीहरूको सुधारको, सुदृढीकरणको निर्माणको प्रक्रिया एउटा अनगोइङ यात्रा हो ।’

कार्यक्रममा कांग्रेसबाट नेता प्रदीप पौडेल थिए । उनी जेनजी आन्दोलन सुरु हुँदा तत्कालीन मन्त्रिपरिषद् सदस्यमा थिए । उनले २४ भदौको बिहान मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आफू र आफ्नो पार्टी सरकारमा रहेको र सरकारमा रहेकै बेला जेनजी आन्दोलन भएको उल्लेख गर्दै उनले तत्कालीन परिस्थितिमा आफ्नो पार्टी र तत्कालीन सरकार समेत जिम्मेवार रहेको बताए ।

‘२३ भदौको घटनामा सरकार जिम्मेवार हुन्छ । त्यसबापत्त मैले पाउनुपर्ने दण्ड म भोग्न तयार छु,’ उनले भने ।

जेनजी आन्दोलन कांग्रेसको समेत विरोधमा भएको महसुस गरेको उल्लेख गर्दै उनले त्यसबाट सिकेरै पार्टी अगाडि बढ्ने अवस्थामा रहेको बताए । पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको र त्यहाँ दुई धारमा छलफल भइराखेको बताए ।

आगामी २१ फागुनमा हुने चुनाव अगाडि नै महाधिवेशन गरेर जेनजीको भावना अनुसारको नेतृत्व लिएर अगाडि बढ्ने र चुनाव पछाडि नै महाधिवेशन गर्ने भनेर बहस चलिराखेको उनले बताए ।

उनले भनेका छन्, ‘जेनजी आन्दोदलनको पहिलो शर्त र अपेक्षा हामीले सुधानुपर्ने पहिलो कुरा नेतृत्व परिवर्तन हो । कुर्सीबाट निकालेर परिवर्तन त हुँदैन । त्यसको विधि हुन्छ । त्यो विधि महाधिवेशन हो ।’

जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रणको विषयमा समेत पार्टीमा छलफल चलिरहेको उनले बताए । २०४६ साल पछाडि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने माग र नीतिको वकालत गरिरहेको भन्दै उनले थपे, ‘यो भनेको हामी पनि छानबिनमा तयार छौं भनेको हो ।’

जेनजीहरूले प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्ने माग गरिराखेको तर, आफूहरू त्यसमा तयार नभएको तर, चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरेर चुनावमा जान सकिने विकल्पमा छलफल चलिरहेको बताए ।

रास्वपाका नेता सन्तोष परियारले आफूहरू सबै वर्तमान राजनीतिक अवस्थाप्रति जिम्मेवार रहेको बताए । पुराना राजनीतिक दलले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको भनेर पछिल्लो समय उदाएको रास्वपाले विघटित प्रतिनिधि सभामा उपस्थिति जनाउन सकेको भन्दै उनले आफूहरूले पनि जनताको आकांक्षा अनुसारको धेरै काम गर्न नसकेको स्वीकार गरे ।

राप्रपाकी नेतृ कुन्तीकुमारी शाहीले हरेक नेपाली नागरिकले आफू स्वतन्त्र नेपाली नागरिक बन्न सकेको छ कि छैन भन्ने प्रश्नमा रहेको बताइन् । हरेक दलको उच्च ओहोदामा बसेका नेताहरूको बोली र व्यवहारमा समानता नहुँदा समाजमा प्रश्नहरू जन्मिएको उल्लेख गर्दै उनी भन्छिन्, ‘अहिले यस्तो जटिल परिस्थितिमा छौं । दलसँग मात्रै होइन, कुनै पनि नेपालीले कुनै पनि नेपालीलाई विश्वास नगरेको अवस्था हो ।’

यो अवस्थामा अब हामी नेपाली भनेर अगाडि बढ्नुपर्ने र यही सन्देश पार्टीमार्फत दिने प्रयासमा रहेको उनले बताइन । फेरि पनि रुमल्लिने छुट नरहेकाले प्रष्ट भएर अगाडि बढ्नुपर्ने र बढिने उनले बताइन् ।

जनता समाजवादी पार्टी (नेपाल) का नेता मनिष सुमनले जनताको चाहना विपरीत कोही पनि अगाडि बढ्न नसक्ने बताए ।

चुनावपछि फेरि दलहरू धेरै हुन सक्ने भएकाले चुनावपछिको वातावरणलाई समेत ख्याल गरेर अगाडि बढ्नुपर्ने उनको आग्रह छ । ठूला पार्टीका केही सिट घट्ने र नयाँ शक्ति केही आउने कुराले मात्रै परिवर्तन संस्थगन नहुने भन्दै उनले भने, ‘संविधान संशोधन गर्ने, निर्वाचन पद्धति परिवर्तन गर्नेतिर जानुपर्छ ।’

जेनजीको माग सम्बोधन गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणलीमा जानुपर्ने उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More