― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsफुटबल खेलाडीले एन्फा मुख्यालयमा धर्ना दिँदै – KhabarHost

फुटबल खेलाडीले एन्फा मुख्यालयमा धर्ना दिँदै – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल फुटबल खेलाडी संघले एन्फाको ए डिभिजन लिग स्थगन निर्णयविरुद्ध कार्तिक २० गते सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना दिने जनाएको छ।
  • संघले खेलाडी, प्रशिक्षक, रेफ्री र फुटबल सरोकारवालालाई ऐक्यवद्धता जनाउन अनुरोध गरेको छ।
  • एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो।

१९ कात्तिक, काठमाडौं । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघले विरोध प्रदर्शन गर्ने भएको छ ।

संघले एक सूचना जारी गर्दै बिहीबार विहान ११ बजेदेखि सातदोबाटोस्थित एन्फाको मुख्यालय बाहिर धर्ना दिने जनाएको हो । यस प्रदर्शनमा उपस्थित भएर ऐक्यवद्धता जनाउन संघले खेलाडीसँगै प्रशिक्षक, रेफ्री र फुटबल सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।

‘पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरणवद्द रुपमा विभिन्न स्तरमा प्रयास गर्दै आएका थियौं । तर हाम्रो शालीनतालाई बेवास्ता गरेर एन्फाले पुन: एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं । खेलाडी भएपछि हामीले सधैं मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौं, तर पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौं’ सूचनामा भनिएको छ, ‘यसै अनुसार हामी नेपाल फुटबल खेलाडी संघले कार्तिक २० गते विहान ११ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना कार्यक्रम आयोजना गर्दैछौं । यसमा ऐक्यवद्धता जनाउनुहुन सम्पूर्ण स्तरका खेलाडीसँगै प्रशिक्षक, रेफ्री र फुटबल सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछौं ।’

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको थियो ।





Read More