― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
Homeराष्ट्रिय समाचारआजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड – KhabarHost

आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड – KhabarHost



१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन् । प्रचण्डले सम्भवत: १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए ।

बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ । सम्भवत: १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक संघर्षबाट गुज्रेका नेताहरूबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ,’ प्रचण्डले भनेका छन् ।

उनले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अविष्मरणीय ऐतिहासिक दिनका रुपमा अंकित भएको दाबी गरे ।

‘तपाईं हामी सबैका निम्ति यो गर्वको कुरा हो । यो दिन कसैले बिर्साएर अब इतिहासमा बिर्सने छैन । यो खाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन,’ प्रचण्डले अघि भनेका छन्, ‘यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन पनि हो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More