― Advertisement ―

27 सुन्दर बेज-प्रेरित गृह कार्यालयले तपाईंको शान्त, तटस्थ कार्यस्थान सिर्जना गर्न खोज्छ

शैम्पेन बेजदेखि स्टोन ओटसम्म, यो कार्यालयको फर्निचर, डेस्क र अत्यावश्यक सामानहरू बनाउनका लागि आवश्यक छ। थप पढ्नुहोस्
Homeराष्ट्रिय समाचारजाँचबुझ आयोग – KhabarHost

जाँचबुझ आयोग – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेन–जी आन्दोलनमा भएको दमन र विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको बयान लिने तयारी गरेको छ।
  • नेपाल प्रहरीले भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण आयोगमा पठाएको छ।
  • आयोगले पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको र नख्खु कारागारका कैदीबन्दीहरूसँग सोधपुछ गरेको छ।

१९ कार्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले अब कार्यक्षेत्रमा खर्टिका सुरक्षाकर्मीहरूको बयान लिने तयारी गरेको छ ।

नेपाल प्रहरीले कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण जाँचबुझ आयोगमा पठाएपछि आयोगले संलग्नहरूको भूमिका हेरेर बयानमा झिकाउने तयारी गरेको हो ।

‘काठमाडौं उपत्यकाको हकमा भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण हामीले पाएका छौं,’ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले भने, ‘अब हामी कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकारीहरूलाई बोलाएर छलफल गर्छौं।’

आयोगले करिव तीन सातादेखि नेपाल प्रहरीसँग कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीहरूको विवरण मागेको थियो । विवरण पठाउन रोकेका प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ्लाई जाँचबुझ आयोगले कारवाही गर्ने चेतावनी दिएपछि प्रहरीले बल्ल विवरण पठाएको हो ।

आयोगले बुधबार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। दुई दिनदेखि नख्खु कारागारका कैदीबन्दीहरूसँग सोधपुछ गरेको आयोगले लामिछानेलाई भने बयान लिने निर्णय गरेको थियो।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More