― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
Homeराष्ट्रिय समाचारश्रममा संलग्न, सरल र पारदर्शी – KhabarHost

श्रममा संलग्न, सरल र पारदर्शी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नवगठित नेपाली कम्युनिस्ट पार्टीले २३ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै नेताहरूले उत्पादन र श्रम कार्यमा संलग्न हुने बताए।
  • पार्टीले आन्तरिक लोकतन्त्र सुदृढीकरण र नेतृत्व विकासको वैज्ञानिक विधि निर्माण गर्ने प्रतिवद्धता जनाएको छ।
  • पार्टीले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, जलविद्युत विकास र वातावरणमैत्री योजनामा विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ।

१९ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने भनेर प्रतिवद्धता सार्वजनिक गरेको छ ।

विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत नवगठित पार्टीको २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

जसमा नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने भन्ने विषय समावेश छ । नेताहरूबारे तीन वटा प्रतिवद्धता छ ।

पहिलो : पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा संलग्न हुने,

दोस्रो : कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने,

तेस्रो : सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अबलम्बन गर्ने ।

पार्टी जीवनको सन्दर्भमा मुख्यत: दुई वटा प्रतिवद्धता छ ।

पहिलो : विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्च्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने ।

दोस्रो : पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने ।

जनताका सुख दु:खमा जोडिँदै देश र जनताका आवाज जोडदार रूपमा उठाउने,  जेनजी पुस्ताका मुद्धा र आकांक्षको संबोधन गर्न प्रतिवद्ध रहने लगायतका विषय समेत प्रतिवद्धता पत्रमा समावेश छ ।

स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिवीको अन्त्य गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

वर्तमान नेपाली समाजको आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने भनिएको छ ।

प्राकृक्तिक स्रोत र साधनको संरक्षण एवम् दिगो उपयोग गर्ने गरी विकासका अभियान सञ्चालन गर्ने र जलवायु परिवर्तन र पर्यावरणमैत्री विकास योजना निर्माण तथा विपत् व्यवस्थापन गर्न प्रतिबद्ध रहने विषय समावेश छ ।

अनुसन्धान र विकासलाई उच्च प्राथमिकतामा राखी देशको समग्र विकाश कार्य अघि बढाउने प्रतिवद्धता वपन जनाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More