राष्ट्रिय
समाचार.
- फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ।
- मध्य फिलिपिन्सको सेबू शहरमा ४९ जनाको मृत्यु भएको र ७५ भन्दा धेरै बेपत्ता भएका छन्।
- आँधीले लाखौं मानिसलाई घर छाडेर पलायन हुन बाध्य बनाएको छ र सडकमा कार तथा मालवाहक कन्टेनर बगिरहेको छ।
१९ कात्तिक, काठमाडौं । फिलिपिन्समा विनाशकारी कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ ।
मध्य फिलिपिन्समा यसवर्षकै शक्तिशाली कालमेगी आँधी आएको अधिकारीहरूले बताएका छन् ।
आँधीका कारण लाखौं मानिस घर छाडेर पलायन हुन बाध्य भएका बीबीसीले जनाएको छ ।
आँधीका कारण सबभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबू शहर जलमग्न भएको छ । सेबू शहरमा मात्रै ४९ जनाको मृत्यु भएको छ ।
घटनामा ७५ जनाभन्दा धेरै बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
सामाजिक सञ्जालमा आएका भिडियो फुटेजमा आँधीका कारण मानिस घरको छतमा शरण लिइरहेको देखिन्छ भने सडकमा कार, मालवाहक कन्टेर बगिरहेको देखिन्छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

