राष्ट्रिय
समाचार.
- धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को विमल गुरुङ कृति पुरस्कार पत्रकार बसन्त बस्नेतको उपन्यास सिमसारालाई प्रदान गरेको छ।
- पुरस्कार ३४ औँ राष्ट्रिय कविता महोत्सव र कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा धरानमा बुधबार हस्तान्तरण गरिएको हो।
- पुस्तकालय व्यवस्थापन समितिले बस्नेतलाई दुई लाख रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ।
१९ कात्तिक, काठमाडौं । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ ।
३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा बुधबार धरानमा आयोजित एक कार्यक्रमका बीच ‘सिमसारा’का लेखक बस्नेतलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
अनलाइनखबरका प्रधान सम्पादक समेत रहेका लेखक बस्नेतलाई पुस्तकालय सञ्चालक समितिले दुई लाख रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारका लागि आह्वान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए ।
प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।
‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारका लागि चयन गरिएको समितिको भनाइ छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

