― Advertisement ―

चीनले समुद्री पानीबाट युरेनियम निकाल्छ, ईन्धनले भरिएको महासागरहरूको साथ “असीमित ब्याट्री जीवन” को 2050 लक्ष्यको नजिक जान्छ

चीनले मार्लेभल किलोअनग्राम मुनिबाट सफलतापूर्वक निकासी गर्यो अवस्थाहरूसबै ज्ञात भूमि-आधारित निक्षेपहरू भन्दा महासागरहरूमा धेरै युरेनियम हुन्छसमुद्री पानीको युरेनियम सांद्रता अत्यन्त कम छ, जसले रिकभरी...
Homeराष्ट्रिय समाचारव्यवस्थापन समिति अध्यक्षविरुद्ध प्रहरीमा जाहेरी – KhabarHost

व्यवस्थापन समिति अध्यक्षविरुद्ध प्रहरीमा जाहेरी – KhabarHost



१९ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीले आफूमाथि कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दिएकी छिन् ।

प्रहरीका अनुसार, उनले आज जाहेरी दिएकी हुन् । ‘उहाँको जाहेरी आएको छ । दर्ता भएको छैन । मुचुल्का उठाएर भोलि दर्ता हुन्छ,’ इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर मधु खड्काले जानकारी दिए ।

हिजो व्यवस्थापन समितिको बैठक बसिरहेको समयमा अध्यक्ष तामाङले गाली गर्दै प्रधानाध्यापक भण्डारीलाई कुटपिट गरेका थिए । भण्डारीको आँखामा गाला र आँखामा चोट लागेको छ ।

प्रहरी स्रोतका अनुसार, भण्डारीले लेखेको पत्रमा मिति लेखेको नमिलेको भन्दै अध्यक्ष तामाङले कुटपिट गरेका हुन् ।

सो घटनाप्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समितिले भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More