― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
HomeLatest newsहामी एकीकृत हुनुमा जेन–जी आन्दोलनको प्रमुख भूमिका छ: प्रचण्ड – KhabarHost

हामी एकीकृत हुनुमा जेन–जी आन्दोलनको प्रमुख भूमिका छ: प्रचण्ड – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश पार्टीबीच ऐतिहासिक एकता निर्माणमा जेन–जी आन्दोलनको प्रमुख भूमिका रहेको बताएका छन्।
  • प्रचण्डले भने, ‘२३ भदौमा जेन–जी हजारौं युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध र राजनीतिक स्थायित्वको पक्षमा आवाज उठाए जसले पार्टीका कमजोरी उजागर गर्‍यो।’
  • उहाँले नयाँ पार्टीले युवाको भावना र आवश्यकता राख्ने र राज्य संरचनामा पनि युवालाई उच्च प्राथमिकता दिने संकल्प गरेको उल्लेख गरे।

१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश पार्टीबीच ऐतिहासिक एकता निर्माणमा हुनुमा जेन–जी आन्दोलनको पनि प्रमुख भूमिका रहेको बताएका छन्।

पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जेन–जी आन्दोलनको बलिदानले पार्टी सच्चिनुपर्छ भन्ने उजागर गरेको बताएका हुन्।

‘२३ भदौमा जेन–जी हजारौं संख्यामा जेन–जी युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा तथा राजनीतिक अस्थिरताको विरुद्ध र स्थायित्वको पक्षमा जो आवाज उठाए त्यसले हामीलाई राम्रैसँग घोच्यो, हाम्रा कमजोरी राम्रैसँग उजागर गरिदियो,’ प्रचण्डले भने, ‘त्यति ठूलो बलिदान गरेर उहाँहरूले जुन आवाज उठाउनुभयो त्यसले हामीलाई आफ्ना पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गर्‍यो।’

जेन–जी आन्दोलनका शहीदलाई पटकपटक सम्मान व्यक्त गर्दै उनले भने, ‘हाम्रो आजको एकता राष्ट्रिय सम्मेलन, सबै नेताले लिएका संकल्पको पछाडि जेन–जी आन्दोलन र आन्दोलनका शहीदहरूको भूमिका छ। उहाँहरूले बलिदान नदिएको भए हामी यति छिटो आफ्ना कमजोरीप्रति सचेत हुने, एकपछि अर्को विभाजनमा जाने शृंखला रोकेर एकताको नयाँ अभियानको सुरुवात गर्ने ठाउँमा आउथ्यौं वा आउँदैनथ्यौं। त्यसकारण पनि म ती महान् शहीदहरूलाई धन्यवाद भन्न चाहन्छु।’

नयाँ पार्टीले युवाको भावना र आवश्यकता राख्ने बताउँदै उनले पार्टी संरचनामा मात्रै नभई राज्य संरचनामा पनि युवालाई उच्च प्राथमिकता दिने संकल्प गरे।

‘यो एउटा ऐतिहासिका संकल्प र प्रतिबद्धता हो। हामीलाई आत्मसमीक्षा गर्ने यो ऐतिहासिक अवसर पनि हो,’ प्रचण्डले भने।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More