― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeराष्ट्रिय समाचारझलनाथ खनालको आग्रह- अब कहिल्यै नफुट्ने संकल्प गरौं

झलनाथ खनालको आग्रह- अब कहिल्यै नफुट्ने संकल्प गरौं



१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।

‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने ।

यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए ।

‘यो भन्दा अगाडि पनि हामीले एकता त गर्‍यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने ।

कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि आग्रह गरे ।





Read More