― Advertisement ―

HomeLatest newsप्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते

प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते



३१ असोज, काठमाडौं । जनकपुरमा व्यवसायी र प्रहरीबीचको झडपमा प्रहरीको लाठी प्रहारबाट जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।

भण्डारीको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

आज साँझ जनकपुरको सोनारपट्टी स्थित संजय ठाकुरले केही दिन अघि सञ्चालन गरेको ज्वेलर्समा प्रहरीले छापा मार्न गएपछि व्यवसायीहरूले अवरोध गरेका थिए ।

त्यस क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको थियो । प्रहरीले केही राउन्ड हवाई फायर र अश्रुसेल ग्यास समेत प्रहार गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More