― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsप्रेमबहादुर सिंह – KhabarHost

प्रेमबहादुर सिंह – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने जिम्मेवारी दिने बताएका छन्।
  • सिंहले जेनजी आन्दोलनको आवरणमा सिंहदरबार, संसद् भवन र राष्ट्रिय सम्पदा जलाएर देशलाई गम्भीर अवस्थामा पुर्‍याइएको दावी गरे।
  • उनले प्रचण्ड र माधवकुमार नेपालको अगुवाइमा सबै क्रान्तिकारी कम्युनिष्ट, प्रगतिशील देशभक्त एकठाउँमा आउने ऐतिहासिक क्षणमा उभिएको बताए।

१९ कात्तिक, काठमाडौं। नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले मुलुकका क्रान्तिकारीहरूलाई जोड्ने अभिभारा पूरा गरेपछि अहिलेको पुस्ताले क्रान्ति सम्पन्न गर्ने जिम्मेवारीसहित नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नयाँ पुस्ताकै नेतृत्वमा मुलुकमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुने बताए।

‘हाम्रो पुस्ता जसले लामो लडाईं लड्यो। राणाशासनदेखि निरङ्कुश पञ्चायत हुँदै राजतनत्र फाल्ने सम्मको संघर्ष हाम्रो पुस्ताको नेतृत्वमा सम्पन्न भयो। तर, अहिले पनि दलाल नोकारशाही बिचौलिया पुँजीवाद हावी छ,’ उनले भने, ‘यसलाई परास्त गरेर समाजवाद हुँदै वैज्ञानिक साम्यवादमा पुग्नु पर्ने छ। त्यसका लागि हामी अहिले सच्चा कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूलाई जोड्ने अभिभारा पूरा गर्दैछौं। यो पूरा भएपछि क्रान्तिका बाँकी कार्यभार पूरा गर्न नयाँ पुस्तालाई नेर्तत्व हस्तान्तरण गर्नेछौं।

उनले जेनजी आन्दोलनको आवरणमा देशका वैरीहरूले सिंहदरबार, संसद् भवन अदातल लगायतका राष्ट्रिय सम्पदा जलाएर देशलाई गम्भीर अवस्थामा पुर्‍याएको दावी गरे।

‘हामी इतिहासको विषम परिस्थितिमा उभिएका छौं। राष्ट्रियता, नेपालको कम्युनिष्ट आन्दोलन, अहिलेसम्म प्राप्त गरेका आन्दोलनका उपलब्धि खतरामा परेको छ। यस्तोमा प्रचण्ड र माधवकुमार नेपालको अगुवाइमा क्रान्त्रिकारी कम्युनिष्ट, प्रगतिशील देशभक्त सबै एकठाउँमा आउने ऐतिासिक क्षणमा उभिएका छौं,’ उनले भने।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More