― Advertisement ―

एक £ 17 L आकारको कार्यालय डेस्क? यस कार्यस्थान सम्झौतामा 90% बचत गर्नुहोस्

TechRadar Pro को अफिस फर्निचर सम्पादकको रूपमा, म महिनामा सयौं डेस्कहरू देख्छु - तिनीहरूलाई समीक्षा गर्नेदेखि लिएर छुटाउन नसकिने सम्झौताहरू सम्म। तर यो मैले...
Homeविजनेसस्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन उच्चस्तरीय आयोगको सुझाव

स्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन उच्चस्तरीय आयोगको सुझाव


राष्ट्रिय

समाचार.

  • सरकारले गठन गरेको उच्चस्तरीय आयोगले हवाई दुर्घटना जाँचका लागि स्थायी संयन्त्र बनाउन सुझाव दिएको छ।
  • आयोग अध्यक्ष अनिलकुमार सिन्हाले मन्त्रालय भित्रैबाट असहयोग भएको र प्रतिवेदन छपाइमा व्यक्तिगत खर्च गर्नुपरेको उल्लेख गरेका छन्।
  • सन् १९६० यता नेपालमा ५४ हवाईजहाज र ४० हेलिकप्टर दुर्घटना भएका छन्, तर धेरै प्रतिवेदन सार्वजनिक नगरिएको आयोगले जनाएको छ।

१९ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले हवाई दुर्घटना जाँचका लागि स्थायी संयन्त्र बनाउन सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय निकाय र विभिन्न आयोगले यस्तो सुझाव पटक–पटक दिए पनि सरकार गम्भीर भने छैन । सोहीकारण हरेक दुर्घटनापिच्छे पटके आयोग बनाएर अध्ययन गर्ने गर्छ । जसको विश्सनीयतामाथि प्रश्न उठिरहेको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । आयोग अध्यक्षमा पूर्वन्यायाधीश तथा वर्तमान उद्योगमन्त्री अनिलकुमार सिन्हा थिए ।

सिन्हाका अनुसार यस आयोगलाई काम गर्ने सिलसिलामा मन्त्रालय भित्रैबाट असहयोग भएको थियो । कतिसम्म भने प्रतिवेदन छपाइमा मन्त्रालयले बजेट नदिएपछि आयोगका सदस्यले व्यक्तिगत खर्चमा छपाइ गर्नुपरेको उनले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

आयोगले दुर्घटना जाँचका लागि स्वतन्त्र निकायको व्यवस्था सम्बन्धी प्रावधान अब बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित कानुनहरूमा राख्न भनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्नेसम्बन्धी दुई विधेयक संसद्मा विचाराधीन अवस्थामा थिए ।

सन् १९६० यता नेपालमा ५४ वटा हवाईजहाज र ४० हेलिकप्टर दुर्घटनामा परेका छन् । तिनका प्रतिवेदन सार्वजनिक समेत नगरिएको आयोगको भनाइ छ । सन् २०१२ देखि २०२४ सम्म १४ हवाईजहाज र १५ हेलिकप्टर दुर्घटनामा परे पनि १५ वटा प्रतिवेदन मात्र सरकारले सार्वजनिक गरेको देखिएको छ । आयोगले भनेको छ, ‘दुर्घटना जाँच एवं अनुसन्धान प्रक्रियामा सैद्धान्तिक रूपमा नै त्रुटि रहेको देखिन्छ ।’





Read More