― Advertisement ―

ईरानले OpenAI, Nvidia, र अन्य टेक दिग्गजहरू द्वारा समर्थित $ 30 बिलियन स्टारगेट एआई डाटा सेन्टरमा बम बनाउने धम्की दिइरहेको छ।

Iran मा डेटा लिँदै छ Iran केन्द्रIRGC ले 'पूर्ण र पूर्ण विनाश' मा संकेत गर्दछ1GW क्षमता मध्य पूर्वमा साइटको लागि योजना बनाईएको छमध्य पूर्वमा...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

एकता पौडेलको निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन्। ट्रेलरले फिल्मका प्रायः सबै कलाकारहरूलाई समेट्दै कथावस्तुबारे जानकारी दिएको छ। एउटा परिवारमा छोराको विवाहपछि आउने उतारचढावको कथा ट्रेलरमा देखाइएको छ।

निर्देशक पौडेलले पारिवारिक सिनेमाको ट्रेन्ड घट्दै गएकाले आफूले यो विधा रोजेको बताइन्। उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी पौडेलले यसअघि केही छोटा फिल्महरू पनि निर्माण गरेकी छन्।

फिल्ममा खगेन्द्र र वर्षाका साथै नीर शाह, सन्तोष पन्त, शर्मीला मल्ल, साइमन, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ। आलोक शुक्लाको छायांकन रहेको यस फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। प्रसन्न पौडेल र विकास पौडेल निर्माता रहेका छन् भने हिक्मत चोखाल कार्यकारी निर्माता छन्।

Laxmi bank
Laxmi bank

‘हर्ष’ आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।





Read More