― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeराष्ट्रिय समाचारघनश्याम भूसाल – KhabarHost

घनश्याम भूसाल – KhabarHost


तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर



१८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् ।

कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए ।

बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र लगायतसँग गर्न लागेको एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भूसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैं ओरालो हिँड्दैछन् । त्यसले निकास दिँदैन ।’

एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो ? भनेर प्रश्न गरे ।

‘नेकपा एकीकृत समाजवादी नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौं । त्यो के भयो ?,’ भूसालले सोधेका छन्, ‘त्यो पुनर्गठन र रुपान्तरणमा हामीले के गर्‍यौं, गरेनौं भनेर सामान्य समीक्षा समेत नगरेर फेरि त्यहाँ लगेर बुझाउनु भनेको के हो ?’

उनले अहिले हुन लागेको एकताले जनतालाई झुट बोल्ने र धोका दिने काम मात्रै हुने जिकिर गरे ।

‘एकताका लागि बनेको भनेको दस्तावेज हेरेँ, पढेँ । मुलुकमा आएको यत्रो दबाब, परिवर्तनलाई समेत सामान्य पनि ख्याल नगरी जुन बनाइएको छ, अहिलेको एकताले त्यसलाई बोल्दैन, यस्तो एकताले जनतालाई झुक्याउने, झुट बोल्ने मात्रै हुन्छ,’ भूसालले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More