― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest newsमधेशमा शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

मधेशमा शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन



३१ असोज, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिएका छन् ।

आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उनले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई आग्रह गरे ।

उनले पछिल्लो समयमा जेनजी पुस्ताबाट भएको प्रदर्शनको मर्मअनुसार सुशासनसहित छिटोछरितो रूपमा सेवा प्रवाह गर्नु सरकारको दायित्व भएकाले सोहीअनुसार गतिविधि सञ्चालन गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सोनलले प्रदेश सुरक्षा निकायअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवलगायतसँग छलफल गरे ।

बैठकमा बिनाविभागीय मन्त्री महेशप्रसाद यादव र कनिश पटेलको पनि उपस्थिति थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More