― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsवर्षमान पुन – KhabarHost

वर्षमान पुन – KhabarHost



१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले लोकतन्त्रको बाहनामा कुनै पनि तानशाह र निरंकुशता सैह्य हुन नसक्ने बताएका छन् ।

विभिन्न कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

काठमाडौंको भृकुटिमण्डपमा केहीबेरमा एकता घोषणा सभा हुँदैछ ।

सो क्रममा पुनले भने, ‘हामी लोकतन्त्रको बाहनामा कुनै पनि तानशाह, व्यक्तिवादी वा निरंकुशता हामी चाहँदैनौं । त्यो विकल्प हुनै सक्दैन यो हाम्रा लागि सैह्य हुँदैन ।’

लोकतन्त्रको विकल्प झनै राम्रो लोकतन्त्र र सुशासनको विकल्प झनै राम्रो सुशासन रहेको उनले बताए ।

उनले कम्युनिष्ट आन्दोलन नयाँ मोडमा पुगेकाले आफूहरू नयाँ ठाउँमा उभिएको जिकिर गरे ।





Read More