― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारलोकेन्द्र विष्ट – KhabarHost

लोकेन्द्र विष्ट – KhabarHost



१९ कात्तिक, काठमाडौं । तत्कालीन नेकपा (माओवादी)का पूर्वनेता लोकेन्द्र विष्ट मगरले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफू सम्पर्कमा नरहेको प्रष्ट्याएका छन् ।

माओवादी नेता जनार्दन शर्मा पार्टी परित्याग गरेर गएपछि कार्यकर्ता पंक्तिले पूर्वमन्त्री विष्टलाई पार्टी एकीकरणका क्रममा समेट्नु पर्ने आवाज उठाइरहेका बेला उनले फेसबुकमार्फत् प्रष्टीकरण दिएका हुन् ।

उनी सक्रिय राजनीतिबाट निकृय हुनुको कारणमध्ये नेता शर्मासँगको तिक्त सम्बन्धलाई लिइन्छ । शर्माले माओवादी छाडेपछि कार्यकर्ता तहबाट विष्टलाई पार्टीमा फर्काउनु पर्ने आवाज उठिरहेको छ ।

‘एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो– बाबुराम निस्कनुभो, अब आउनुहोस्,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनि मैले भनेँ- बाबुराम र मेरा बीचमा कुन वर्ग दुश्मनी थियो र ?, त्यसपछि हाम्रो कुराकानी भेटघाट छैन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More